nedpal.gif (44037 bytes)arifna.gif (53555 bytes) /span>

Wednesday, September 9, 2009

समाजसेवी के बि खड्काको अन्त्यस्टी

Posted on 8:24 PM by Durga Adhikari

हामीलाई ढिलो गरी प्राप्त समचार अनुसार हिजो हतियारधारी अज्ञात समुहले कायरतापुर्बक छुरा प्रहार गरी हत्या गरिएका भुटानि समाजसेवी तथा अगुवा के बि खड्काको अन्त्यस्टी गरिएको छ । उनको दाहसन्स्कारमा उल्लेख्निय भुटानि तथा स्थानिय नेपालीहरुको उपस्थिती थियो। पोस्टमार्टमको लागि मंगलबारे लगिएको उनको शब डाक्टरहरुको अभाबले फेरी भद्रपुर लगेर पोस्ट्मर्टम साझ गरी घर ल्याइएको थियो। उनको दाहसन्स्कार नेपाली समय अनुसार साझ छ बजे स्थानीय रतुवा खोलामा नेपाल तथा भूटानका विभिन्न मानवअधिकारवादी संस्थाका प्रतिनिधि, स्वदेश फिर्ती सम्वन्धि सघं-सस्थाका अगुवाहरू, नागरिक समाज लगायत शरणार्थी शैक्षिक संस्था कारितासका प्रमुखहरु साथै असन्ख्य रुपमा उपस्थित भुटानिहरु बिच गरियो।
उता घटना स्थलमा फेला परेका टोर्च लाईट,फलामे रड,केही कपडाले भरिएको एउटा ब्यागलगायतका सामानहरुलाई लिएर स्थानिय प्रहरीले ब्यापक रुपमा खोजतलास गरिरहेको छ तर यती बेला सम्म प्रहरीले कोहीकसैलाई पनि गिरफ्तार गरेको छैन भने कुनै भुटानि भूमिगत पार्टीहरुले यस पाशबिक तरिकाले गरिएको हत्यको जिम्मा लिएका छैनन। प्रहरीले घटनास्थलका प्रत्यक्षदर्शी उनकै भान्जासँग गरेको कुरकानीका आधारमा हत्यारा दुई जना रहेको निर्कोल निकालेको छ।
यसै बिच बिभिन्न संघ संस्थाहरुले शोकाकुल परिवार प्रती सहानुभुती प्रकट गर्ने क्रम जारी नै छ। समबेदना प्रकट गर्न आएका कारीतास नेपालका फादर वर्गीले यस खाले निन्दनिय कृयाकलापले कसैको पनि भलो नगर्ने बताउनु भयो। यसै गरी भुटान कम्युनिष्ट पार्टीले यो निन्दनिय घटनाको घोर भर्सना गर्दै प्रेस बिज्ञाप्ती निकालेको दमकबाट सन्चालित तितोपिरोले लेखेको छ।
स्मरण रहोस् मिति २००९ अप्रैल २२ सांझ शान्तिराम नेपालको आफ्नै निवास बाहिर हत्या गरिएको थियो तर पछी भुटानि लेभुलेन्सरी फन्टले त्यसको जिम्मा लिदै सिबिर भित्र पर्चा छरेको थियो। यस किसिमका निन्दनिय घटनाहरुको सम्पूर्ण भुटानिहरुले घोर बिरोध गर्नु पर्छ।


Source: www.bhutanusa.com

No Response to "समाजसेवी के बि खड्काको अन्त्यस्टी"

Leave A Reply